|

मनाङ : मंगलबार बेलुकीबाट परेकाे भीषण वर्षाले बेँसीशहर-चामे सडक खन्डअन्तर्गत चामे गाउँपालिका- ३ मा ठूलाे पहिराे गएकाे छ।

पहिरोका कारण बेँसीशहरबाट मनाङ जाने र मनाङबाट बेँसीशहर अाउने सवारी साधन ठप्प भएका छन् भने मानिस र पशु चाैपायासमेत प्रभावित भएका छन्। करिव ६०० मिटर बढी सडकमा गएकाे पहिराेले सदरमुकाम अाउनेजाने सवारि साधन र मानिस तथा पशु चाैपयालाई समेत प्रभावित पारेकाे प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

बुधबार बिहानदेखि अावतजावत बन्द भएपछि गाउँपालिकाकाे नेतृत्वमा जिल्लामा रहेका सेना, प्रहरी र स्थानीयकाे पहलमा वैकल्पिक मार्गका लागि काम भइरहेकाे गाउँपालिका अध्यक्ष लाेकेन्द्रबहादुर घलेले बताए। उनका अनुसार वैकल्पिक मार्गले सदरमुकाम जाेड्न अझै तीन-चार दिन लाग्नेछ। त्याे पनि मानिस र पशु चाैपया अावतजावतका लागि मात्र हुनेछ।

तलबाट मर्स्याङ्दी नदीले तानेकाे र माथिबाट माटाे बगेकााले काम गर्न कठिन भएकाे क्याराभान कन्सल्टेन्सीका इन्जिनियर नारायण लामाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.