समाज : सुरक्षा/अपराध

टीकारपुर घटना : साक्षी पेस गर्न अदालतको आदेश
SHARES

फाइल तस्बिर
साउन ३०, २०७५

    धनगढीः जिल्ला अदालत कैलालीले बुधबार टीकापुर घटनाका वादी र प्रतिवादीलाई साक्षीसहित उपस्थित हुन आदेश जारी गरेको छ। तीन वर्षपछि पहिलो पेसीमा जिल्ला न्यायाधीस पर्शुराम भट्टराईको इजलासले भदौ २४ गते वादी प्रतिवादीलाई साक्षीसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो।

    जाहेर वाला, वस्तुस्थिति मुचुल्कामा कागज गर्ने मानिस, प्रत्यक्षदर्शी लगायतलाई उपस्थित गराउने आदेश बुधबारको पेसीले जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए। ‘वादी, प्रतिवादी पक्षका साक्षीहरू बुझ्ने काम सकिएपछि अर्को पेसी तोकिने छ’ श्रेस्तेदार कठायतले बताए।

    कैलाली जिल्ला अदालतमा ५८ जनाको नाममा कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। श्रेस्तेदार कठायतले भने ‘थुनछेक आदेश भएपश्चात् छजना फरार प्रतिवादीको वतन स्पष्ट नभएकाले, पटक-पटक जारी गरिएको वारेन्ट र म्यादी पूर्जी तामेल हुन नसककेकाले घटनाको सुनुवाइ प्रक्रिया झण्डै तीन वर्षपछि सुरु भएको हो।’ अदालतले एक पक्षलाई जिल्ला वकिल कार्यालयमार्फत र अर्को पक्षलाई अभियुक्तमार्फत नै अदालतमा उपस्थित गराउने आदेश जारी गरेको हो।

    थरूहट र थारूवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालकसहित आठ प्रहरीको ज्यान गुमाएका थिए।

    घटनाको अभियोगमा दुई नाबालक, रेशम चौधरीसहित २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ। चौधरी प्रतिनिधिसभा सदस्य हुन्। उनीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ।

    दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ। बुधबार पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

    हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका चौधरीको पेशी बिहीवार हुने जनाइएको छ। चौधरीको बिहीबार सर्वोच्च अदालतले पेसी तोकेको छ। घटनामा संग्लन २० जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]