|

जनकपुरधाम : नेकपा क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेलले दुई तिहाई बहुमतको सरकारले संवैधानिक फाँसिवादी ल्याउन खोजेको आरोप लगाएका छन्। हाल नेकपाको नेतृत्वमा रहेको दुई तिहाई बहुमत प्राप्त सरकार फाँसिवादतर्फ अग्रसर हुँदै नागरिकको संवैधानिक स्वतन्त्रता खोस्न खोजेको र त्यो घातकसिद्ध हुने बताएका हुन्।

बुधबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै नेता गजुरेलले तत्कालीन नेकपा माओवादी केन्द्रले विचारधारा नै नमिल्ने पार्टीसँग एकता गरेर एजेण्डा नै बिर्सिएको बताएका आरोप लगाए। उनले भने, ‘निर्वाचनअघि जनतासँग गरेको बाचा पूरा नहुँदै जनताले कल्पनासमेत गर्न नसक्ने गरी सरकार भ्रष्टाचारमा डुबेको छ।’

नेता गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले राजस्थानी पोशाक लगाएर राष्ट्रिय स्वधिनता गुमाएको दाबी गर्दै भने, ‘मोदी आउँदा २५० सेना हातहतियारसहित देशमा प्रवेश गर्नु देशकै लागि ठूलो कंलक हो। यस्तो प्रचलन कुनै पनि देशमा छैन, तर यहाँ ल्याइयो अनि राष्ट्रियता र स्वधिनताको कुरा गर्ने!’

जनतासमक्ष रेल कुदाउने र पानी जहाज कुदाउने ओलीको बोली संयोग मात्र भएको बताउँदै उनले कोसीको पानीलाई हाईड्याम्प बनाएर राजस्थान लाने भारत सरकारको योजनामा रहेको र सोही ड्याम्ममा ओलीको जहाज कुदाउने सपना देखेको बताए। उनले पञ्चायती शासनको कानुन पुर्नस्थापना गर्न खोज्दै देशलाई समाजिक फाँसिवादतर्फ डोर्‍याउन खोजेको आरोप लगाए।

गजुरेलले अहिलेको मुलुकी ऐनमा मिडियामा सरकारले अंकुश लगाएर निरंकुशता देखाउन थालेको जिकिर गरे। मिडियालाई सरकार वा नेतालाई स्क्रेच बनाउनसमेत प्रतिबन्ध लगाएकोले दुई तिहाईको दम्भलाई तोड्न सडक संघर्षको आवश्यतामा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.