|
प्रतीकात्मक फोटो

काठमाडौं : गृहमन्त्रालयले जनपद समूहतर्फका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा गर्ने निर्यण गरेको छ। मन्त्रीस्तरको बैठकले सो निर्णय गरेको गरेको प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालले जनाएको छ।

गृहले डिआइजी महेशविक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा पठाउन निर्णय गरेको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा थिए। उनको ठाउँमा डिआइजी सुरेशविक्रम शाहलाई सुर्खेतबाट राजधानी झिकाउने भएको छ।

त्यस्तै, डिआइजी सुरज केसीलाई प्रदेश प्रहरी कार्यालय प्रदेश ७ दिपायल पठाउने निर्णय गृहले गरेको छ। प्रदेश ७ को कमाण्ड गरिरहेका डिआइजी शरद चन्दले अनिवार्य अवकास पाउने भएपछि उनलाई दिपायल खटाइएको हो। केसी यसअघि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा थिए।

केसीको ठाउँमा डिआइजी धीरू बस्नेत आउने भएका छन्। बस्नेत यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत अनुसन्धान निरीक्षण व्यूरोमा थिए।

त्यस्तै, जनपद समूहतर्फकै २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गर्ने निर्णय पनि गृहले गरेको छ।

सरुवा भएका डिआजीहरूको विवरण

सरुवा भएका एसएसपीहरूको विवरण

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.