|

काठमाडौं : स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एक हजार ४३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो।

मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार एक हजार ४३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषद्मा पुगेको छ। दरबन्दी नभए पनि स्थानीय तहमा स्वास्थ्य क्षेत्रको काम–कारबाहीबारे जानकारी गराउन प्रत्येक स्थानीय तहमा हाल एकदेखि तीनजनासम्म स्वास्थ्यकर्मी काजमा कार्यरत रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरबन्दी मिलाएको छ। कम्तीमा २५ हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा एकजना स्वास्थ्यकर्मीको प्रस्ताव गरिएको छ। २५ हजारभन्दा बढी जनसंख्या भएकामा दुईजना, ५० हजारदेखि एक लाखसम्म जनसंख्या भएको तहमा तीनजना र सोभन्दा बढी जनसंख्या भएका तहमा चारजना स्वास्थ्यकर्मी राख्ने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.