|

काठमाडौं :   वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ल्याएको ऋण पनि सस्तो नहुने भएको छ। बैंकहरुले विदेशबाट ल्याएको ऋण पनि प्रचलित ब्याजदरमै लगानी गर्ने छुट राष्ट्र बैंकले दिएकाले अपेक्षा गरिएजस्तो सस्तो नहुने भएको हो।

राष्ट्र बैंकले बैंकहरुलाई भारतीय मुद्रामा पनि ऋण ल्याउन बाटो खोलिदिएपछि बजारमा त्यस्तो ऋण सस्तो ब्याजरदरमा पाइने चर्चा चल्न थालेको खबर कान्तिपुर दैनिकमा  छ।

विदेशी मुद्रामा ल्याएको ऋण बैंकहरुले तोकिएको क्षेत्रमा मात्र लगानी गर्नुपर्ने व्यवस्था रहे पनि सस्तो दरमा दिनुपर्ने बाध्यता नभएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए। ‘विदेशबाट ल्याएको ऋण बैकहरुले तोकिएको क्षेत्रभन्दा बाहिर लगानी गर्न पाउँदैनन्’ उनले भने ‘तर उक्त रकम स्रोतको लागत कम बढी छ, यसकारण सस्तो/महंगोमा लगानी गर भन्न मिल्दैन’। बैंकहरुले आफ्नो समग्र कोषको लागतका आधारमा ऋणको व्याजदर निर्धारण गर्ने उनले बताए।  राष्ट्र बैककले गत चैत्र देखि बैंकहरुलाई परिवत्य विदेशी मुद्रा ऋण लिन पाउने व्यवस्था गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.