|

काठमाडौं : अब निवारक नजरबन्दमा राखिएको व्यक्तिबारे स्थानीय प्रशासनले २४ घण्टाभित्र सम्बन्धित व्यक्तिको परिवार वा आफन्तलाई जानकारी दिनुपर्ने भएको खबर गोरखापत्र दैनिकमा छ। 

स्थानीय प्रशासनले अहिले २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था भए पनि परिवारका सदस्य वा आफन्तलाई जानकारीदिनुपर्ने व्यवस्था थिएन। पारित विधेक राष्ट्रियसभामा पेस हुने छ। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले विधेयक पारि गर्न प्रस्ताव गरेका थिए। थापाको प्रस्ताव संसदले अनुमादन गरेको हो।  नेपालको संविधानमा नजरबन्दमा राखिएको व्यक्तिबारे कानुअनुसार परिवारका सदस्यलाई स्थिति जानकारी गराउने उल्लेख छ। सोही व्यवस्था कार्यान्वयनका लागि सार्वजनिक सुरक्षा ऐन २०४६ संशोधन गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.