|

अफगानिस्तानका एक ट्युसन सेन्टरमा आत्मघाती बम बिस्फोट हुँदा ४८ जनाको मृत्यु भएको छ। घटनामा ६७ जना घाइते भएको छन्। काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेका बेला आत्मघाती आक्रमणकारी आएर आफैलाई बिस्फोट गराएको प्रहरीले जनाएको छ।

बिस्फोटमा ज्यान गुमाउनेमा विश्व विद्यालयको प्रवेश परीक्षाको तयारीका अतिरिक्त कक्षा (ट्युसन) लिइरहेका किशोर किशोरी रहेका छन्। विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गरिहेका विद्यार्थीलाई आक्रमणकारीले निशाना बनाएका हुन्। यसले अफगानिस्तानमा अवस्था थप जोखिमपूर्ण बनाएको छ। अफगानिस्तानको राजधानी काबुलमा भएको घटनामा आफ्नो संलग्नता नरहेको तालिबान बिद्रोहीले बताएको छ। अधिकांश शिया मुसलमानको बसोबास रहेको क्षेत्रमा आक्रमण भएको हो। शिया समुदायलाई इस्लामिक स्टेट, आइएसका सुन्नी मुसलमान अतिवादीले निशाना बनाउने गरेका छन्।

यस्तै देशको उत्तरी प्रान्त बाग्हलानमा भएको एक आक्रमणमा कम्तिमा ९ प्रहरीको ज्यान गएको छ भने ३५ जना सुरक्षाकर्मी घाइते भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.