|

स्पेनीस सुपर कपको उपाधि एथ्लेटिको मड्रिडले जितेको छ ।

एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लव रियाललाई अतिरीक्त समयमा चार दुई गोलले हराउँदै उपाधि उचालेको हो। रोनाल्डो बिना नै मैदानमा उत्रिएको रियालले आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोर्यो। 

खेलको पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोल मार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो। तर २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियाललाई एक एक गोलको अवस्थामा पुर्‍याए। पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्‍याए।

७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई–दुई को बराबरीमा पुग्यो। निर्धारित समयमा दुई–दुईको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो। ९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले एक सय चार मिनेटमा अर्को गोल थपे। 

थप गोल गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन रियाल स्तब्ध बन्यो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.