गुल्मी : भीरबाट खसेर मदाने गाउँपालिका–७ भनभनेमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भनभनेका २६ वर्षीय थम्मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
मंगलबार बिहान घरबाट हिँडेका बोहोरा लामो समयसम्म घर नफर्केपछि स्थानीयले खोजी गर्ने क्रममा बुधबार चिप्लेभीरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।