|

नेपाली लेग स्पीनर सन्दिप लामीछानेले उत्कृष्ट प्रदर्शन गरेपनि क्रिस गेलको कप्तानीमा रहेको सेन कीट्स एन्ड नेभिस प्याट्रियट्स जमैका तालावासँग पराजित भएको छ।

पहिलो ब्याटिङ गरेको जमैकाको सन्दीपले दुई विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे। किफायति बलर देखिएका सन्दिपले ४ ओभर बलिङ गरेर २ विकेट लिंदै २१ रन मात्र खर्चिएका थिए।

जमैकाले प्याट्रियट्स विरुद्ध १ सय ७९ रनको विजयी लक्ष्य दिएको थियो जवाफमा प्याट्रियट्स १३१ रनमानै समेटिएपछि जमैकाले खेल ४७ रनले जित्न सफल भयो। सन्दिपले पहिलो ओभरमा १० रन खर्चेपनि दोस्रो ओभरमा आठ रन खर्चेर २ विकेट लिए। उनले लुइस र म्याकार्थेलाई आउट गरे।

सीपीएल क्रिकेटमा सन्दिपको यो पाँचौ विकेट हो। यसअघिको खेलमा सन्दिपले ३ ओभर बलिङ्ग गर्दै १७ रन खर्चिएर एक विकेट लिएका थिए। त्यसअघि सन्दीपले डेब्यु खेलमा ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएका थिए। प्याट्रियट्सको यो दोस्रो हार हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.