|

दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले उपाधि दाबेदार भारतको सामना गर्दै छ। भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल चिरप्रतिद्वन्द्वी भारतविरुद्ध मैदानमा उत्रन लागेको हो।

चाम्लिङथाङ रंगशालमा हुने खेल बिहिबार दिउसो ३ः४५ बाट सुरु हुने छ। दाबेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ। तर, साविकको उपविजेता भारतलाई पराजित गर्न नेपालाई निकै कठिन हुने छ। भारत अघिल्लो संस्करणमा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो। यो पटक उपाधि जित्ने लक्ष्य लिएको छ।

भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउँदा नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। पाकिस्तानलाई ४-० ले पराजित गर्दा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-० ले नेपाल हारेको थियो। भारत भने समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १२-० को तथा आयोजक भुटानलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो।

बिहिबार नै हुने दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानको सामना गर्नेछ। खेल चाम्लिङथाङ रंगशालामा साँझ ६ः४५ बाट सुरु हुने छ। बंगलादेश समूह ‘बी’ को विजेता तथा भुटान समूह ‘ए’ को उपविजेता हो। समूह चरणका बंगलादेशले श्रीलंकालाई १४–० ले तथा नेपाललाई ३–० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। भुटानले  भने श्रीलंकालाई ६–० ले पराजित गर्दा भारतसँग १–० ले पराजित भएको थियो। प्रतियोगिताको फाइनल १८ अगस्टमा हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.