|

त्रिपुराकोट(डोल्पा) : यहाँको एक नगरपालिकाले अँगुरको विरुवा  तथा डाँलेचुकको बीउ खरिदलगायत नगरको भवनको लागि जग्गा खरिदको नाममा आर्थिक घोटला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

त्रिपुरासुन्दरी नगरपालिकाले अँगुरको विरुवा र डाँलेचुकको बीउ खरिद तथा नगरको भवन निमार्णको नाममा करोडौँ अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको हो।

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले त्रिपुरासुन्दरी नगरपालिकाको नाममा दश दिनभित्र अँगुर डाँलेचुक खरिदलगायत नगरको भवन निमार्णमा भएको सम्झौता लगायतका आवश्यक कागजात आयोगमा पठाउन पत्रचार गरेपछि नगरको नाममा आर्थिक अनियमितताको गरेको उजुरी परेको थाहा हुन आएको हो।

नगरको भवन निमार्णको लागि स्थानीय बासिन्दाले निशुल्क जग्गादान गरेको र पहिलो चरणमा नगरको जग्गा सम्याउनको लागि दोस्रो नगरसभाले ५२ लाख मात्र रकम बिनियोजन गरेको नगरपालिकाले जनाएको छ।

भवन निमार्णको लागि बजेट नै बिनियोजन नभएको अवस्थामा ठेकेदारसँग मिलोमतो गरेर नगरको भवन निमार्णमा ठूलो आर्थिक घोटला गरेको भनी बेनामी उजुरी दिएर नगरको बदनाम गर्न खोजेको नगरपालिकाका नायव सुब्बा तथा निमित्त कार्यकारी चन्द्रप्रकाश बुढथापाले बताए।

उनले भने, 'अख्तियारले नगर भवन निर्माणलगायत अंगुर विरुवा र डाँलेचुकको बीउ खरिदका आबश्यक कागजात पठाउन भनेकोमा अंगुरको विरुवा र डालेचुकको बीउ खरिद तथा ब्यवस्थापनमा लागेको खर्च बिलभरपाई लगायतका आबश्यक कागजात पठायौँ।'

नगर भवनका सम्बन्धमा भवन निर्माण सुरु त के बजेट नै बिनियोजन नभएको अवस्थामा पूर्वाग्रह राखेर अन्दाजमा नगर, नगरका जनप्रतिनिधि र कर्मचारीको बदनाम गर्ने नियतले भ्रामक उजुरी दिएको भनेर जानकारी पठाइएको समेत नायब सुब्बा तथा निमित्त कार्यकारी चन्द्रप्रकाश बुढथापाले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाले पहिलो कार्यकालमा आर्थिक वर्ष ०७४⁄७५ मा अंगुरखेतीको स्थलगत अध्ययन अवलोकन तथा विरुवा खरिद र स्याउका विरुवालगायत डालेचुकको बीउ खरिद तथा नर्सरी स्थापनाको लागि भनेर एक करोड बराबरको रकम बिनियोजन गरेको थियो।

अंगुर, स्याउ, दाँते ओखरलगायत डाँलेचुकको व्‍यावसायिक खेती गरेर नगरलाई फलफूल खेतीको माध्यमबाट आत्मनिर्भर बनाउने भनेर त्रिपुरासुन्दरी नगरपालिकाको ०७५ असार १४ गते सम्पन्न दोस्रो नगरसभाले भने पुन अंगुर, स्याउ र डाँलेचुकको खेतीको लागि भनेर २ करोड ४३ लाख २० हजार रुपैया विनियोजन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.