|

काठमाडौं : पहिरोले जाजरकोटको भेरी नदीमा रहेको पुल बगाएकाले तत्काल पुलको व्यवस्था गर्न सरकारलाई नेपाल कम्युनिस्ट पार्टीका सांसदले माग गरेका छन्।

उनले पहाड नै भासिएर नदीमा गएको र त्यसले बनाएको छालले ठूलो क्षति पुर्‍याएको सांसदहरूको भनाइ थियो।

सांसदहरू कालिबहादुर मल्ला र भैरवसुन्दर श्रेष्ठले पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको स्थलगत अवलोकन गर्न माग गरेका छन्। राष्ट्रियसभा सांसदहरूले जाजरकोटमा पुल बगाएकाले त्यहाँ तत्काल पुल राखिदिन पनि माग गरेका छन्।

पुल नहुँदा विद्यार्थीहरूको पढाइमा बाधा पुगेको र जनजीवन प्रभावित भएको सांसद मल्लको भनाइ थियो। उनले भने, 'भेरी नदीमा पुल नभएकाले र भएको पुल बगाएकाले विद्यार्थीहरूको पढाइ अवरुद्ध भएको छ।'

उनीहरूले तत्काल स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। जाजरकोट जिल्लाको विभिन्न स्थानमा आएको बाढी र पहिरोले भेरी नदी थुनिदा ठूलो प्राकृतिक विपत्ति आइपरेको उल्लेख गर्दै त्यसको स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।

उनीहरूले पहिरो गएको ठाउँमै गएर अध्ययन गर्न पनि माग गरेका छन्।

राष्ट्रियसभाको बिहिबारको बैठकमा विशेष समय लिएर बोल्दै जाजरकोटका सांसद मल्लले नलगाड नगरपालिकामा आएको पहिरोले भेरी नदी थुनिदा त्यहाँ ठूलो मात्रामा जग्गा जमिनको क्षति भइ स्थानीय विस्थापित हुने अवस्था आएको भन्दै तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। सांसद मल्लले पहिरोले झुप्राखोलामा हालेको पुल बगाएकाले त्यसको पनि उचित व्यवस्था गर्न सरकारसँग माग गरे। उनले त्यहाँ भोकमारीको अवस्था आउन नदिन पनि माग गरेका छन्।

सांसद श्रेष्ठले पनि जाजरकोटको खहरे खोलाले बगाएर ज्यान गएका उमेश शाहीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। गत मंगलबार जाजरकोटमा नलगाड नगरपालिकास्थित वडा नम्बर २, ३, ६ र ७ मा आएको बाढि र पहिरोका कारण त्यहाँको बस्ती जोखिममा परेको छ। सांसदहरूले सोही क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.