|

काठमाडौं :  त्रिमूर्ति निकेतनले २०७५ सालको 'लेखनाथ पौड्याल पुरस्कार' गणेश विषमलाई प्रदान गर्ने निर्णय गरेको छ। त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको साधारणसभाले सो निर्णय गरेको हो।

 विषमले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै आएका शास्त्रीय छन्दकविताको रचना एवं छन्दकाव्यको प्रचारप्रसार अभियानमा विशिष्ट योगदान गरेका छन्। ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ। आगामी भदौ ११ गते चौधौं त्रिमूर्ति दिवसका अवसरमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट सो पुरस्कार समर्पण हुने त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.