|

 जाजरकोट :  बाढी पहिरोका कारण सडक भत्किएपछि नलगाड जलविद्युत आयोजनाको सुरुङ खन्ने काम रोकिएको छ। एक महिनादेखि आयोजनाको काम अवरुद्ध भएको हो।

आयोजनाको सुरुङ निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ  आयोजनाको सुरुङ निर्माण स्थलमा लिने सडक नहुँदा काम रोकिएको छ। ३३२ मिटर लामो सुरुङ निर्माण गरिनु पर्नेमा अहिलेसम्म ९० मिटर मात्र सुरुङ निर्माण गरिएको छ।  

आयोजनाको भवनमा वसेर काम गर्न सेनालाई आग्रह गरे पनि आफ्नो भवन निर्माण नभएको भन्दै सेनाले काम गर्न नमानेका आयोजनाले बताएको छ। सुरुङमा विस्फोटक पदार्थ विस्फोटन गराएर मात्र काम हुने भएकोले कामले तीव्रता नपाएको नलगाड नगरपालिकाले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.