|

रुकुम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको डुप्कामा बाढीले तीनवटा घर बगाएको छ। गएराति परेको अबिरल वर्षाका कारण वडा १० घारीखोलाबाट राडिबजार हुँदै बग्ने गीजागार खोलाको बाढीका कारण खोला किनारमा रहेका घर र घट्ट बगाएको हो। नदीको किनारमै घर भएका स्थानीय खडकबहादुर शाही र ठक बहादुर शाहीको घर खोलाले बगाएको हो।

बिगतका वर्षमा खोला त्यहाँसम्म नआउने गरेका कारण त्यस क्षेत्रमै घर बनाएर बसेको भए पनि यस वर्षको बाढीले बगाएको ठकबहादुर शाहिले  बताए। उनका अनुसार बाढी आउने पहिले नै अनुमान गरेर घरमा रहेको अन्नपात, भाँडाकुडाँ र कपडाहरू अन्यत्र ओसार्दा क्षति भने हुन सकेन। बाढीले खोलाको छेउमा घरसँगै धान खेतीसमेत बनाएको छ।

‘घर मात्र होइन गएको असारमा धान रोपेका खेत पनि बगरसँगै मिसिएका छन, अझ बाँकी रहेका खेतहरू पनि खोलाले बगाउँछ की भनि चिन्तामा छौँ’ पीडित ठकबहादुरले भने, ‘स्थानीय सरकारले केही राहत उपलब्ध गराउँछ की भन्ने आशामा बसेका छौँ।’ गाउँ गाउँमा सडक बाटो खन्नाले पनि बाढीको समस्या बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.