|

दाङ जिल्लामा रहेका सरकारी अस्पतालहरुमा प्राप्त जनशक्ति र आवश्यक स्रोत साधन नहुदाँ यहाँका विरामीहरु उपचार गर्न आए जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता छ।

तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल, घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीमा रहेको लमही अस्पतालमा जनशक्तिको अभाव र स्रोतसाधनको अभावले विरामीहरुलाई जिल्ला बाहिर उपचारको लागी रिफर गर्नु पर्ने बाध्यता रहेको यहाँ अस्पतालहरुले जनाएका छन।

राप्ती अञ्चल अस्पातल तुलसीपुरमा गत आर्थिक बर्षमा एक हजार ८९ जना विरामीहरु रिफर भएको अस्पतालले जनाएको छ। आर्थिक बर्ष २०७४÷७५ मा दाङ लगाएत अन्य छिमेकी जिल्लाका गरी ओ.पि.डि (बहिरगं) सेवामा ४६ हजार ७७८ जनाले सेवा लिएका थिए भने इमेरजेन्सी ( अन्तरगं सेवा)सेवामा आठ हजार ३७४  विरामीहरुले सेवा लिएका थिएभने इन्डोर सेवामा ३५ सय ५७ जना विरामीहरुले सेवा लिएको अस्पतालकी मेडिकल रेकर्डर सुपरभाइजर दुर्गा रेग्मीले बताईन।

त्यस्तैआर्थिक बर्ष २०७३÷७४ मा अस्पतालवाट पाचँ सय ७५ जना विरामीहरु रिफर भएका रेग्मीले बताईन। त्यस्तैओ.पि.डी सेवामा ४७ हजार ३८, इमेरजेन्सी छ हजार ७६८ र इन्डोर सेवामा तीन हजार ७४ जनाले सेवा लिएको रेग्मीले बताईन।

अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा विरामीहरु रिफर संख्या बढेको रेग्मीको भनाई छ। रिफर हुनेमा जिल्लामा रहेका अस्पतालमा उपचार सम्भव नहुने विरामीहरु हुने र केही विरामीहरु आफै पनि यहाँ सामान्य उपचारपछि थप उपचार गर्न जाने गर्दा संख्या वृद्दी भएको रेग्मीको भनाई छ। यता अस्पतालका निमित्त मेडिकल सुपरिडेटेन्डेन डाक्टर विनोद सिंहले भने अस्पतालमा प्राप्त जनशक्ति र स्रोत साधन नहुदाँ विरामीहरुलाई रिफर गर्न बाध्य भएको बताए।

अस्पतालमा बिशेषज्ञ डाक्टर नहुदाँ धेरै समस्या भएको डाक्टर सिंहले बताए। त्यस्तै अस्पतालमा विभिन्न सेवाहरु नहुदाँ पनि विरामीहरु रिफर गर्नु पर्ने निमित्त मेसु डाक्टर सिंहले बताए। सर्जरी, हाडजोर्नीको लागायत अन्य सेवाहरु नहुदाँ विरामीहरु अस्पतालमा आए रिफर गर्नु पर्ने मेसु डाक्टर सिंहले बताए।

अस्पतालमा १३ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएता पनि अहिले पाँच जन मात्र अस्पतालमा कार्यरत छन। त्यस्तै मेडिकल अफिरको छ जनाको दरबन्दी भएता पनि  अहिले चार जना कार्यरत रहेको  निमित्त मेसु सिंहले बताए।

त्यस्तै नर्सहरु लगाएत अन्य जनशक्तिको अभाव रहेको निमित्त मेसु सिंहले बताए। अस्तालमा आईसियु, एनआईसियु सेवा संचालन गर्नको लागी उपकारणहरु आएको भएता पनि विशेषज्ञ डाक्टरको अभावले त्यो सेवा पनि  संचालन गर्न नसकेको निमित्त मेसु डाक्टर सिंहले बताए।  अहिले अस्पतालमा अहिले आमा सुरक्षा सेवा, हेमोडाइलोसिस सेवा, अप्रेसनको सेवा र वार्डमा विरामीहरु राख्ने सेवाहरु दिदै आएको भएता पनि अहिले भएको जनशक्तिले पनि सेवा दिन समस्या भएको निमित्त मेसु सिंहले बताए। त्यस्तै राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा दैनिक करिव चार सय विरामीलाई उपचार सेवा दिने गरेको छ। ओपिडि, इमरजेन्सी र डेलिभरिमा दैनिक विरामीको संख्या बढदो छ। राप्ती उपक्षेत्रिय अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले अनुसार ओ.पि.डि मा दैनिक दुइ सय ५० बढी विरामी जाँचका लागि आउने गरेका छन भने इमरजेन्सीमा ५० जना।

अस्पताल निमित्त मेसु पन्थीका अनुसार अस्पतालमा बार्षिक रुपमा उपचार गर्न आउनको संख्या बढ्दो छ। अस्पताको आर्थिक बर्ष २०७४÷७५मा ओ.पि.डिमा ८० हजार ६० जनाले उपचार सेवा लिएका थिए भने अघिल्लो आर्थिक बर्ष २०७३÷७४मा ७४ हजार छ सयले मात्र उपचार लिएका थिए।

त्यसैगरि इमरजेन्सिमा गत आर्थिक बर्षमा ३४ हजार २९ विरामीले सेवा लिएका थिए । भने अघिल्लो आर्थक बर्षमा जम्मा १० हजार एक सयले मात्र सेवा लिएका थिए। त्यसैगरि प्रसुति सेवामा अघिल्लो बर्ष ४२ सय ३९ जनाले सेवा लिएका थिए भने गत आर्थिक बर्षमा ४६ सय १७ जनाले सेवा लिएका थिए। अस्पतालको तथ्यांकको आधारमा भन्ने हो भने अस्तालमा अन्य सेवा बढे पनि रिफर संख्या भने घटेको छ। अघिल्ला बर्ष चार सय ८६ विरामी रिफर गरेको अस्पतालले गत आर्थिक बर्षमा भने रिफर संख्या घटाएर दुई सय ५७ झारेको छ।

समग्र अस्पतालमा आउने विरामीको तथ्यांकको आधारमा रिफर संख्या हेर्दा निकै न्युन रहेको उनले दावि गरे।उनले भने‘अस्पतालले रिफर मात्रै गर्छ भन्ने आरोप हामी माथि सधै लाग्छ।तथ्यांकको आधारमा बोल्दा पनि दैनिक एक जना मात्र रिफर भैरहेका छन।’अस्पतालमा सेवा लिनेहरुको संख्याको आधारमा रिफर संख्यालाई धेरै भन्न नमिल्ने उनको भनाई थियो।  

उपचार सेवा मात्र नभई अस्पतालले त्यहाँबाट हुने अप्रेशन दर पनि बढाएको छ। उपक्षेत्रिय अस्पतालमा आवश्यक दरबन्दी नहुदाँ पनि काम गर्न समस्या भैरहको उनको भनाई छ।  राप्ती उपक्षेत्रियका निमित्त प्रमुख पन्थीका अनुसार हाल राप्ती उपक्षेत्रिय अस्पतालमा ४२ जना स्वास्थ्यकर्मीको दरबन्दी खालि रहेको छ। जसमा २० जनाको दरबन्दी रहेको विशेषज्ञ सेवामा नौँ जना मात्र छन।

जसमा ११ जनाको दरबन्दी खालि रहेको छ। त्यसैगरि मेडिकल अधिकृत १८ जना हुनुपर्नेमा छ जना मात्रै छन, १२ जनाको दरबन्दी रित्त छन।  नर्सिङ स्टाफमा भने एक जनाको मात्रै दरबन्दी खालि रहेको छ। त्यसैगरि अन्य विभिन्न पदमा १८ जनाको दरबन्दी खालि रहेको छ। जसले गर्दा अस्पतालको सेवामा समेत प्रत्यक्ष असर गरेको छ। हाल अस्पतालमा न्युरोलोजिष्ट, प्रसुति तथा स्त्री रोग विशेषज्ञ, न्युरोसर्जन, डेण्टल सर्जन, प्याथोलोजिष्ट, मानसिक रोग विशेषज्ञ, मुटिरोग विशेषज्ञ, नेफ्रोलोजिष्ट, युरोसर्जनको दरबन्दी खालि रहेको छ। यस्तै जिल्ला दुई अस्पतालका प्रमुख मेसु लामो समय देखि बिर अस्पताल काठमान्डौमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.