|

दिल्लीस्थित अखिल भारतफय आयुर्विज्ञान संस्था एम्समा भर्ना भएका भारतीय पूवप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अवस्था नाजुक भएको छ। एम्सले एक विज्ञप्ति जारी गर्दै वाजपेयीको अवस्था नाजुक भएको र त्यसमा कुनै सुधार नआएको बताएको हो।

अस्पतालले उनलाई जीवन रक्षा प्रणालीमा रखेर उपचार गरिरहेको बताएको छ। उनलाई भेट्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द मोदी दोस्रोपटक अस्पताल पुगेका छन्। उनी यसअघि बुधबार एम्समा पुगेका र ४५ मिनेट त्यहाँ बसेका थिए। प्रधानमन्त्री मोदीका अलावा अन्य विभिन्न दलका नेताहरू उनको स्वास्थ्यावस्थाबारे बुझ्न अस्पताल पुगेका छन्।

वाजपेयीलाई डिमोन्शिया नामको गम्भीर रोग लागेको छ। उनी सन् २००९ देखि व्हीलचियरको साहारामा हिँड्दै आएका थिए। उनी मधुमेहका पनि बिरामी थिए र उनको उपचार एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले गरिरहेका थिए। यसअघि पनि मृगौलामा संक्रमण देखिनुका साथै अन्य स्वास्थ्य समस्यादेखिएपछि उनलाई एम्समा भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.