|

पोखरा : पोखराबाट नियमित ८ बजे पहिलो उँडान भर्दै आएको बुद्ध एयरले अबदेखि विहान सात बजेदेखि नै उडान भर्ने भएको छ। बुद्ध एयरले नयाँ जहाज भित्र्याएसँगै पार्किङ व्यवस्थापनको लागि नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलमा पार्किङ गर्न नपाउने भनेपछि यहिँ पार्किङ गरी बिहान ७ बजेदेखि नै सेवा दिन लागेको पोखरा विमानस्थलका भोला गुरागाइँले जानकारी दिए। 

‘बुद्ध एयरले नयाँ जहाज ल्याएसँगै प्राधिकरणले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्न नदिने र बाहिर गर्नु भनेर भन्यो’ उनले भने, ‘त्यसपछि उसले यहाँ नै साँझ पार्किङ गर्ने र भोलिपल्ट बिहानै उडान भर्ने तय भएको हो।’ गुरागाइँकाअनुसार आगामी आइतबारदेखि बुद्ध एयरले राति पोखरा एयरपोर्टमै जहाज पार्किङ गर्नेछ। बुद्ध एयरले पोखरा एयरपोर्टमा राती पार्किङका लागि नागरिक उड्ययन प्राधिकरणसँग पाँच महिना अघि नै स्वीकृति पाइसकेको छ।

बुद्धले काठमाडौँका लागि हरेक दिन ३० भन्दा धेरै उडान भर्ने गरेको गुरागाइँले जानकारी दिए। त्यस्तै जोमसोमका लागि भने बुद्धले हिउँदमा बिहान ७ बजे र वर्खायाममा बिहान ६ बजेदेखि उडान भर्दै आइरहेको छ। सिजनको समयमा बुद्धले जोमसोममा नै २० भन्दा धेरै उडान भर्ने उनको भनाई छ। 

भोलिपल्ट बिहान पहिलो उडान भर्ने जहाज अघिल्लो दिनमा काठमाडौँबाट पोखराका लागि अपराह्न ३ः३० बजे उड्ने उनको भनाई छ। ‘यसअघि दिउँसो दुई बजे हाराहारी मै सबै उडान सिद्धिन्थ्यो’ उनले भने,‘अब यात्रुलाई पनि सुविधा हुने भएको छ। काठमाडौँमा केही काम सकेर पोखरा आउनेहरूले साँढेतीन बजे आउन पाउने भए।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.