|

काठमाडौं : नायक प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को नाम परिवर्तन भएको छ। केहि वर्ष पहिले काठमाडौंमा भएको रोजी महर्जन हत्या काण्डसँग कथावस्तु मिलेको भन्दै दिवंगत रोजीको परिवारले पटक-पटक निवेदन गरेपछि निर्माण ब्यानर गोपिकृष्ण मुभिजले फिल्मको 'टाइटल' परिवर्तन गरेको हो। अब भने फिल्मको नाम ‘रोज’ रहने छ। उक्त नाम चलचित्र विकास बोर्डमा परिवर्तनसमेत गरिसकिएको छ।

बिहीबार विकास वोर्डमा फिल्म निर्देशक निरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजीको परिवारबीच भएको बार्तापछि रोजी परिवारको दाबी उपर निर्णयमा पुग्दै फिल्म निर्माण टिमले नाम परिवर्तन गरेको हो। योसँगै फिल्मको नाम ‘रोजी’ नराख्ने र सत्य घटनामा आधारित भनेर उल्लेख नगर्ने सम्झौता भएको बताइएको छ।

मृतकको संवेदनालाई मध्यनजर गर्दै फिल्मको नाम परिवर्तन गरिएको निर्देशक निरक पौडेलले बताए। उनले भने, ‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौँ, कानुनी रूपमा हामी माथी हुँदाहुँदै पनि कसैको संवेदनालाई बिक्री गरेर पैसा कमाउन हुन्न भन्ने मान्यता हाम्रो छ।’

भदौ २२ गतेबाट प्रदर्शनमा आउने 'रोज'मा प्रदीप खड्कासँगै मिरुना मगर, परमिता आर एल राणाको पनि मुख्य भूमिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.