|

विराटनगर : साढे ३३ किलो सुन तस्करी र उर्लाबारी सनम शाक्या हत्या प्रकरणमा मुद्दामा तीनजना अभियुक्तलाई यसअघि जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई सदर गरेको छ। पुर्पक्षको लागि थुनामा रहेका पुन्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङे र राजन कुमारलाई उच्च अदालत विराटनगरले बिहीबार जिल्लाको आदेशलाई सदर गरेको हो।

सुन तस्करी प्रकरणमा मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरूले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि मुलुकी ऐनको अदालती बन्दोवस्तीको १७ नम्बर प्रयाेग गरेका थिए। जसमा बुधबार उच्च अदालतमा दुई वटा इजालशमा छुटाछुटै बहस भएको थियो। उच्च अदालतका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिंहको संयुक्त १ नम्बर इजलाशले लामा र तोलाङेलाई जिल्लाको आदेश सदर गरेका हुन्। त्यस्तै २ नम्बर इजलाशमा न्यायाधीश द्वय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त इजलाशले राजन कुमारको हकमा पनि जिल्लाको आदेश सदर गर्ने आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयणप्रसाद रेग्मीले जानकारी दिए।

१ नम्बर इजलाशमा भएको बहसमा वादीका तर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक,जिल्ला सहन्यायाधिवक्ता पदमप्रसाद वस्तीले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट अधिवक्ता रमिता महर्जन, हरिनारयण चौधरी र उद्धवप्रसाद घिमिरले बहस गरेका थिए। त्यस्तै २ नम्बर इजलाशमा भएको बहसमा बादीकोतर्फबाट जिल्ला सहन्यायाधिवक्ता पदम वस्तीले गरेका थिए भने प्रतिवादीकोतर्फबाट विकास थापा र यामबहादुर मगरले बहस गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.