|

पर्वत : आफैँले पढाउँदै आएका बालिकाहरूमाथि अप्राकृतिक मैथुनको आरोपमा पक्राउ परेका पर्वतका एक जना प्रधानाध्यापकलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।

जिल्लाको फलेवास नगरपालिका ६ को माझीगाउँ प्राथमिक विद्यालयका ५१ वर्षीय प्रधानाध्यापक खिलप्रसाद पौडेललाई बिहीबार जिल्ला अदालत पर्वतको आदेशअनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।

आफैँले अध्यापन गराउँदै आएको माझीगाउँ प्राविमा अध्ययनरत ७ देखि १२ वर्ष उमेर समूहका तीनजना र सोही उमेर समूहकी अर्को विद्यालयकी एकजना बालिका गरी चारजना बालिकाहरूमाथि अप्राकृति मैथुन गरेको उजुरी परेपछि पौडेललाई गएको साउन ६ गते प्रहरीले पक्राउ गरेको थियो। प्रधानाध्यापक पौडेलले आफूहरूलाई विभिन्न समयमा फकाइफुलाई तथा डर/त्रास दिएर अप्राकृति मैथुन गरेको भनी बालिकाहरूले अभिभावकलाई बताएपछि उनीहरूका अभिभावकले शिक्षक पौडेललाई साउन ६ गते नै कालोमोसो दल्दै जुत्ताको माला लगाएर जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएका थिए।

ती बालिकाहरूका अभिभावकले पौडेलले विद्यालयमा अध्ययनरत बालिकाहरूलाई फकाइफुलाई गरेर तथा धम्की दिएर अप्राकृतिक मैथुन गरेको उजुरी दर्ता गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.