|

काठमाडाैं : नेपाली महिला टिम यू–१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ। नेपाल भारतसँग नेपाल २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाली किशोरीहरूले भारतलाई कडा चुनौती दिएका थिए । तर, नेपाल जित दिलाउन असफल भएको थियो। भारतलाई जित दिलाउन ल्यान्डा कोम र क्रिटिना देवीले समान १–१ गोल गरेका थिए। नेपालकी रजनी थोकरले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।

पहिलो हाफको ३१औँ मिनेटमा कोमले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाइन। तर, ६ मिनेट नबित्दै नेपाललाई  रजनीले बराबरीमा ल्याएकी थिइन्। तर, ७५औँ मिनेटमा क्रिटिनाले भारतलाई निर्णायक अग्रता दिलाइन।

नेपाललाई पराजित गरेसँगै भारत फाइनलमा प्रवेश गरेको छ। भारतले उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा साबिक च्यामिपयन बंगलादेशले भुटानलाई ५-० ले पाखा लगाउँदै भारतविरुद्धको उपाधि भिडन्त पक्का गर्‍यो। गत संस्करणमा भारत बंगलादेशसँगै फाइनलमा पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.