|
फाइल फोटो

नवलपरासी : सुस्ताका बासिन्दाले फेरि भारतीय नहर फुटाएका छन्। थारु जातिको पर्व पुतली पिट्ने र दहन गर्ने क्रममा नहरमा गएका सुस्ता गाउँपालिका–२ सत्पत्तिका जगनारायण चौधरीका छोरा १७ वर्षीय कमल चौधरी नहरमा डुबेर बेपत्ता भएपछि सुस्ताबासीले बिहीबार राति नहर फुटाएका हुन्। 

किशोर बेपत्ता भएपछि नहरको पानी घटाउन भारतीय पक्षलाई आग्रह गर्दा नमानेपछि आक्रोशित सर्वसाधारणले नहर फुटाइदिएका हुन्। पानी नघटाउँदा खोजी कार्यमा कठिनाइ भएको भन्दै सुस्ता–२ का स्थानीयले यसअघि फुटाएको ठाउँ लक्ष्मीपुर गुदरियामा भारतीय नहर फुटाएका हुन्।

आक्रोशित स्थानीयले नेपाल भारत सीमा नाका ब्यारेज पुलमा राति नै प्रदर्शन गरेका थिए। 

भारतीय पक्षले अहिले पनि नहरको पानी नघटाएका कारण चौधरीको खोजी कार्यमा कठिनाइ भएको छ। भारतीय पक्षले नहरको पानी नघटाए अन्य क्षेत्रमा पनि नहर फुटाउने स्थानीयले चेतावनी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.