|

गायनतर्फ १८ पटक ग्रामी अवार्ड पाएकी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ। 

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई क्वीन अफ सोल (आत्माकी रानी) को उपनामले पनि चिनिन्छ। शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो । 

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.