|

सिन्धुली :  खेतीपातीका काम सकेर सिन्धुलीका भूकम्प प्रभावितहरु अहिले निजी आवास पुनर्निर्माणमा जुटेका छन्। असार सुरु भएसँगै धान रोपाईमा व्यस्त भएका भुकम्प प्रभावितहरु अहिले पुनर्निर्माणमा जुटेका हुन्। तर बिनासकारी भुकम्प गएको ४० महिना हुँदापनि सिन्धुलीमा पुनर्निर्माणले गती भने लिन सकेको छैन्। भुकम्पका कारण झण्डै ७५ प्रतिसत निजी आवास क्षेतीभएको सिन्धुलीमा हालसम्म २५ प्रतिसत मात्र निजी आवास पुनर्निर्माण भएको तथ्याकंले देखाएको छ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालका अनुसार भूकम्पले भत्किएका जिल्लाका ३६ हजार ९ सय ३५ निजी आवास मध्ये हालसम्म ८ हजार ७ सय ३९ वटामात्र निर्माण भएका छन्। 

२०७२ को बिनासकारी भूकम्पका बेला जिल्लामा ५८ हजार घरधुरी रहेका थिए। उनिहरु मध्ये ३६ हजार ९ सय ३५ निजी आवासहरु पूर्णरुपमा क्षेतीभएको भन्दै पुनर्निर्माणका लागि लाभग्राहीको सुचिमा परेका छन्।  जसमध्ये ३३ हजार ९९ लाभग्राहीले अनुदान सम्झौता गरि पहिलो किस्ता लिएका छन्। तर, ढिलागरी सम्झौता, निर्माण सामाग्रीको अभाव, दक्ष जनशक्तिको कमीलगायतका विभिन्न कारण समयमा पुनर्निर्माणले गती लिन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार प्रमुख श्यामसुन्दर मिश्रको भनाइ छ।

पछिल्लो समय वर्षातका कारण पुनर्निर्माणमा थप समस्या भएपनि अहिले निजी आवासले पुर्णता पाएको छ।  पुनर्निर्माणका लागि सम्झौता भएकामध्ये २४ हजार भन्दा बढी घर भने निर्माणको चरणमा रहेका छन्। यसरी बन्दै गरेका निजी आवसहरुको पनि दोस्रो किस्ता लिनकै लागी मात्र डिपीसी गरेर छाडीएका छन्। 

निजी आवस पुनर्निर्माण सम्पन्न गर्ने ८ हजार ७ सय ९९ जनाले पनि तेस्रो किस्ता पाउन सकेका छैनन्। प्राविधिक इन्जीनियर र बैंकहरुले समयमा काम नगरीदिँदा अन्तिम किस्ता पाउन नसकेको लाभग्राहीको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.