'अदालतमा दायर गरेको मुद्दा फिर्ता गर्छु'

|

काठमाडौं:  पाँच वर्षको लागि गठन गरिएको पुनर्निर्माण प्राधिकरण स्थापनाको तीन वर्षमा पाँच जना प्रमुख कार्यकारी अधिकृत सिइओ परिवर्तन भएको छ। पाँचौ सिइओको रुपमा ईन्जिनियर सुशील ज्ञवालीले पदभार सम्हालेका छन्। यसअघि ११७ दिन प्राधिरकणमा काम गरेका ज्ञवाली सम्भवत पुनर्निर्माणको कामलाई विट मार्ने गरी पुन: नियुक्त भएका हुन्। समयमै काम सम्पन्न गर्न के छन् योजना? पुन: निर्माणको लागि आवश्‍यक रकम कसरी जुटाउँदै छ प्राधिकरण? प्राधिकरण भित्र र बाहिर बस्दा के छ अन्तर ? लगायतका विषयमा नवनियुक्त सिइओ ज्ञवालीसँग भागवत भट्टराइले गरेको कुराकानी:

११७ दिन प्राधिकरणमा काम गरेको व्यक्ति १९ महिनापछि उही ठाउँमा पुन: प्रवेश गर्नु भएको छ, अबको तपार्इंको साेच के हो?

हामीले पुनर्निर्माणको लागि प्राधिकरण स्थापना गर्‍यौँ र काम अघि बढायौँ त्यो समयमा यसको पञ्‍चवर्षिय कार्ययोजना बनाएर हामीले थालनी गरेका थियौँ। सार्वजनिक गरिएका योजनाअनुसार केही काम भएका पनि छन्। बाकी कामहरू सम्पन्न गर्नु नै अहिलेको प्रमुख लक्ष्य हो।

 व्यक्तिगत घरहरूको पुनर्निर्माणको काम सांस्कृतिक सम्पदाको पुनर्निर्माणको काम अरू भवनहरूको पुनर्निर्माणको काम र आर्थिक पुनस्थापनाको कामलाई सँगै जोडेर रहेको समयमा सबै काम गर्ने मेरो सोच हो। त्यसलाई नमूनाको रुपमा सबै कामलाई अघि बढाउँछौ। 

११७ दिन प्राधिकरणमा बस्दा अत्यन्तै धेरै काम गर्न सफल भएको तपाइको दाबी थियो। सामान्य जनताका रुपमा १९ महिना विताउनुभयो प्राधिकरणले गरेको काम कस्तो लाग्यो?

प्राधिकरणको संरचनाअनुसार त्यहाँ रहने नेतृत्व र काम गर्ने अप्रोच छ त्यसमा भर पर्ने कुरा हुन्छ। जुन  लक्ष्य निर्धारण गरिएको थियो, कार्ययोजना स्वीकृत गरेर कुन काम कहिले सकरी सक्ने भनेर अघि बढाइएको थियो। त्यसको आधारमा जान सकेको अवस्था प्राधिकरणको देखिएन।

 तथापी विगतमा जुन नीति ल्याएका थियौँ ती नीतिको जगमा बसेर काम अघि बढाउन खोजेको देखिएको छ। सन्तोष गर्न सक्ने गरी काम अघि बढेको छैन। विगतलाई कोट्याउने भन्दा पनि भविष्यमा कसरी अघि बढाउने भन्ने विषय मेरो प्राथमिकता हो।

पाँच वर्षलाई गठन गरिएको प्राधिकरणका सिइओ नियुक्ति र बर्खास्ती अनि उनीहरुका समस्या सुन्दा समय ब्यतित भएको छ। अब जनताका समस्या सुनेर अपेक्षा अनुसार काम होला त?

अब जनताको गुनासो सनिन्छ। विगतमा पनि हामीले धेरै मेहनत गरेर शुन्यबाट हामीले काम गरेका थियौँ। सबैले बुझेका छन्। अब चाही पुन: निर्माणको काम द्रुतगतिमा गर्छौं आगामी वर्ष पुनर्निर्माणमा अत्यन्तै महत्वपूर्ण वर्षको रुपमा रहने छ। यसको लागि हामी अभियाननै सन्चालन गर्ने छौँ। बाकी काममा थप ढिलाइ हुने हो कि भनेर चिन्ता गर्नु पर्ने अवस्था छैन। अहिले राजनीतिक स्थायीत्व आएको छ र समग्र कुरा अस्थिरताको कारणले समस्या भएको हो अव त्यस्तो हुँदैन। अव विश्‍वास र आशाका साथ काम अघि बढाइन्छ। जनताले प्राप्त गर्नु सरकारले जे प्रतिवद्धता गरेको थियो त्यो प्रदान गर्ने कुरामा हामी लाग्छौँ। त्यसको समय अवधि पनि थप गर्छौं। जनता आफैले पनि द्रुत रुपमा अघि बढाएर सहयोग गर्नु पर्ने सबै काममा हामी गर्छौं। 

 पाँच वर्षको समय थपौँ भन्ने तपाइको धारणा हो?

हैन म कत्ति पनि समय लम्व्यउने पक्षमा छैन। पाँच वर्ष भित्र मै सबै काम हामी सम्पन्न गरेर छाड्छौं। 

तपाइले प्राधिकरण छोड्दा १८ निजी घर पुन:निर्माणको चरणमा थिए। त्यसपछि दुई वटा सिइओ परिवर्तन भयो अहिले दुई लाख ६९ हजार घर निर्माण सम्पन्न भएको रहेछ, यो तथ्यांकको हिसावले निरासाजनक हो वा म भएको भए धेरै गर्थें भन्ने लाग्छ ?

विगतमा जतिखेर हामी अनुदान वितरणको कार्ययोजना लिएर आएको थियौँ त्यो कार्ययोजना अनुसार अनुदान समयमै वितरण गर्‍यौं। ४५ दिनको अभियान सञ्‍चालन गरिएको थियो। स्पष्ट कार्ययोजनाका साथ हामी गएका थियौं दुई वर्ष भित्र सबै काम सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। असार मसान्तमा निजी आवासको काम सकिन्थ्यो।

नयाँ कार्यकारी फेरिदा तत्काल बुझ्न समय लाग्ने त्यसले केही समय वेतित हुने गरी काममा ढिला भएको हो। स्वाभाविक ढंगले निरन्तरता हुन्थ्यो भने धेरै काम भइसकेका हुन्थे।

प्राधिकरणमा नियुक्त भएपछि अहिलेसम्मका चार वटा सिइओको एउटै आव मिल्यो अहिलेसम्म  नीति बनाउन सयम लाग्यो अव रफ्तारमा काम गर्ने । तपाइको भनाइ के हो? अव नीति बनाउन आवश्‍यक छ कि नाई?

नीतिको काम त म हुँदा नै सबै सम्पन्न गरेको थिएँ। नीतिगत व्यवस्था संथागत संरचना, पञ‍चवर्षीय योजना, जनशक्ति व्यवस्थापन लगायतका सबै कुरा सम्पन्न गरेका थियौँ। हामीलेले ९० प्रतिशत बरारबरको रकम बढाएका थियौँ। अब नीतिका कुरा औँल्याउनु पर्ने छैन। मूल कुरा हामी काममा जानु पर्ने थियौ त्यसमा चुकेका हौँ अब कुनै बाधा व्यवधान हुँदैन। 

अव कसरी अघि बढ्नु पर्छ?

पाँच वर्षको मध्यावधी मुल्यांकन गर्छौ मुल्यांकन गरेर हामी कहाँ छौँ अहिलेसम्म कति सम्पन्न भयो बाँकी कसरी अघि बढाउनु पर्छ भन्ने योजना बनाएर जान्छौँ र त्यसलाई सम्पन्न गर्छौं नीति वा अरु कारणले अल्झने अवस्था हुँदैन। हाम्रा पुस्ताका लागि पुनर्निर्माण नयाँ काम हो। त्यसको निम्ती जुन विधि आबश्‍यकता पर्छ सुधार गर्दै जाने हो। 

अब सबैभन्दा बढी समस्याको रुपमा हेरिएको नीजी आवास निर्माणको काम हो?

आउने वर्ष भित्र सबै काम सम्पन्न गर्छौं।  केही शहरी क्षेत्रको काम पुरातात्विक सम्पदासँग जोडिएको छ। परम्परागत बस्तीहरु छन् त्यसलाई जस्तो छ त्यस्तै बनाउनु पर्ने अवस्था छ। त्यसको प्राविधक हिसावले गर्नु पर्ने छ। केही समस्या रहन सक्छ अन्यथा यो वर्ष अभूतपूर्व पुन:निर्माणको वर्ष हुने छ हामी सबै पुन:निर्माणका कामहरू निजी आवशका कामहरू यो आर्थिक वर्षमा गर्ने छौं।

समयको हिसावले प्राधिकरण कामलाई विट मार्नु पर्ने अवस्थामा हुनु पर्ने हो। पुनर्निर्माणको लागि आवश्यक पर्ने बजेट पुग्दैन भनिएको छ यसको लागि के गर्ने योजना छि विगतमा दाता सम्मेलनको तयारी गरिएको थियो।

प्राधिकरणको समय दुई वर्ष चार महिना बाँकी छ। यसको पुन: निर्माणको योजना अघि बढाउँछौ पुनरावोलकन गर्छौं। पैसा अहिलेसम्म कति प्राप्त भयो हामीलाई चाहिने कति हो। बाकी पैसा सरकाले कति व्यवस्थापन गर्न सक्छ यसलाइ हेर्छौं र आवश्‍यक पर्‍यो भने दातृ निकायसँग छलफल गर्छौं म सम्मेलन भन्दिन जे आवश्‍यक पर्छ त्यही गर्छौं। 

अन्यायामा परें भनेर अदालतमा गुहार्नु भएको थियो। मुद्दा विचाराधिन छ तपाईले नियुक्ति पाउनु भयो अब के हुन्छ?

मुद्दा फिर्ताको लागि प्रकिया अघि बढाएको छु। फिर्ता हुन्छ।  सरकारले मलाई नियुक्त गरेपछि मैले जुन खालको अन्यायमा परेको थिँए त्यही खालको अवस्थामा मुद्दालार्इ निरन्तरता दिनु पर्ने अवस्था छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.