काठमाडौं : भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको शुक्रबार अन्त्येष्टि गरिने भएको छ। बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएको भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको शुक्रबार अपरान्ह ४ बजे अन्त्येष्टि गरिन लागेको हो।
अन्त्येष्टिमा भाग लिन नेपालबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत प्रस्थान गरेका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे तर्फबाट उपसभापति विमलेन्द्र निधि पनि भारत जाने भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।