|

काठमाडौं: भक्तपुर प्रहरीले साउन ४ गते भक्तपुर नगरपालिकाको अरनिको सभा भवन नजिक पाँच जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका- ६ का दीपेश सुकुभटु, सोही ठाउँ बस्ने चन्द्रबहादुर देउला, श्याम किलम्बु, सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ३ का कृष्णबहादुर मगर र काभ्रे पनौती नगरपलिका- १ का प्रेम तामाङ थिए। उनीहरूको साथबाट प्रहरीले विभिन्न लागुऔषधका ११७ थान बरामद गरेको थियो।

त्यस्तै, साउन ११ गते भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका- ९ बाट दुई जना पक्राउ गर्‍यो। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक- ९ का मनीष परियार र सोही ठाउँका पुजन कार्की थिए। उनीहरूको साथबाट पनि प्रहरीले लागुऔषध बरामद गरेको थियो।

यसरी भक्तपुर प्रहरीले एक महिनामा भक्तपुर क्षेत्रमा विभिन्न अपराध गर्ने १४३ जनालाई पक्राउ गरेको छ। अपराधका विभिन्न शीर्षकमा गरी ७४ मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सार्वजिक अपराधका मुद्दा रहेका छन्।

दर्ता भएका २३ सर्वजिनक मुद्दामा ५८ जना पक्राउ परेका छन्। त्यस्तै, दोस्रोमा लागुऔषध मुद्दा रहेका छन्। लागुऔषधअन्तर्गत छ मुद्दा दर्ता भएकामा २७ जना पक्राउ परेका छन्। यसरी भक्तपुर प्रहरीले एक महिनामा विभिन्न अपराधका ७४ मुद्दा दर्ता गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। भक्तपुरमा हुने गुण्डागर्दी, लागुऔषध र चोरी नियन्त्रणका लागि प्रहरीले विशेष कार्य योजना बनाएर काम गरिरहेको समेत पोखरेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.