|
प्रतीकात्मक फोटो

चितवन : चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही थालेको छ। उत्पादनमुलक जग्गालाई बाँझो राखेर छाड्नेहरूलाई नगरसभाबाटै पारित गरी जरिवाना लिन थालिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए।

उनकाअनुसार अहिलेसम्म कारवाहीबाट एक लाख ३६ हजार रुपैयाँ राजस्वसमेत संकलन भइरहेको छ। नगरपालिकाले बाँझो जमिन राखेको पाइएमा प्रतिकट्ठा ५०० रुपैयाँका दरले जरिवाना लिने गरेको छ।

'धेरै जसो क्षेत्रमा जग्गा प्लटिङ छ, अन्य व्यक्तिहरूले खाली जमिन राखेका भए उनीहरूसमेत कारवाहीमा पर्छन्,' नगरप्रमुख वनले भने, 'जग्गा खाली नहोस् भन्ने नगरको उद्देश्य हो।' नगरपाकिलाले अहिले यहाँ जग्गा प्लटिङसमेत रोकेको छ।

सबैभन्दा बढी वडा नम्बर १४ मा जग्गा खाली भएको भन्दै वडाध्यक्ष  हरिकुमार श्रेष्ठले कारवाही थालेपछि केही सचेत हुनथालेको बताए। बाँझो जमिनलाई खेती गर्न दिने विषयमा छलफल चलाइए पनि फेरि जग्गाको स्वामित्वमा समस्या पर्ने भएकाले जग्गावालाहरू डराएको नगरपालिकाको भनाई छ।

रत्ननगर नगरपालिकाले यहाँको सरकारी जग्गाको संरक्षण अभियानसमेत अगाडि बढाएको जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठले बताए। 

उनकाअनुसार अहिलेसम्म करिव ३० विगहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको र तारवार लगाउन बाँकी छ। ठाउँठाउँमा भने जग्गामा विवाद भएकाले निकास निस्किन सकेको छैन। उक्त अभियानलाई निरन्तर रूपमा अघि बढाउने नगरप्रमुख नारायण वन बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.