कुकुर व्यवस्थापन गर्नसमेत सक्दैनन् नगरपालिकाहरू

|

काठमाडौं : त्रिपुरेश्वरका १३ वर्षीय प्रशान्त दाहाल घरमा खेल्दै थिए। खेल्ने क्रममा घरमै पालेको कुकुरले टोक्यो। घरमै पालेको कुकुर भए पनि टोकेपछि उनलाई आमाले रेविजविरुद्धको सुई लगाउन टेकुस्थित  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिन्।

टेकु अस्पतालमा पछिल्लो समय कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउन धाउने बिरामीको संख्या ह्वातै बढेको  छ। अस्पतालको पछिल्लो दुई वर्षको तथ्याङ्कले कुकुरले टोकेर रेबिज बिरुद्धको सुई लगाउने बिरामी संख्या धेरै छन्।

अस्पतालको तथ्याङक अनुसार अार्थिक वर्ष ०७२/०७३ मा ८२४६ जनाले अस्पतालमा कुकुरले टोके पछि उपचार गर्न आएका थिए भने, ०७३/०७४ मा २९३०९ जना र ०७४/०७५ मा ५०८७९ जना  उपचारका लागि आएका थिए।

२०७५ बैशाख यता हाल सम्म मात्र अस्पतालमा उपचार गर्न आएका  रेबिजकै कारणले तीन जनाले ज्यान गुमाइ सकेका छन्। अस्पतालको गत बर्षको तथ्याङ्क अनुसार कुकुरले टोकेर अस्पताल भर्ना भएका मध्येको १३ जनाको मृत्यु भएको थियो।

अस्पतालको बहिरंग विभाग ओपिडीमा दैनिक पाँच सय देखि छ सय जना सम्म कुकुरले टोकेर रेबिज बिरुद्धको खोप लगाउन आउने अस्पतालको सोही विभागमा कार्यरत प्राविधिक रेनुका आचार्यले बताइन्। यसरी अस्पतालमा कुकुरले टोकेर आउने धेरै जसो बालबालिका रहेको समेत नर्स आचार्यले बताइन्।

उनले भनिन् ' दैनिक पाचँ देखि छ सय जना सम्म कुकुरले टोक्यो भनेर आउनुहुन्छ, अझ स्कुल बिदा भएको दिन बालबालिकालाइ कुकुरले टोक्यो भन्दै लिएर आउने अभिभावकहरुको संख्या धेरै हुन्छ।'

 टेकु अस्पतालमा कार्यरत सरुवारोग बिशेषज्ञ डा. अनुप वास्तोलाको अनुसार अस्पतालमा आउने बिरामीको संख्यालाई आधार मान्ने हो भने नेपालमा हरेक बर्ष १०० जना भन्दा धेरैले कुकुरको टोकाइबाट हुने रेबिजका कारण मृत्यु ब्यहोर्ने गरेको अनुमान छ। पछिल्लो तथ्याङ्क अनुसार बर्षेनी ५० हजारभन्दा बढी कुकुरको टोकाइबाट पिडित भइरहेका छन्। जथाभावि नगरपालिका घोषणा गर्ने र तिनले कुकुर व्यवस्थापन समेत गर्न नसकेको अबस्था एकातिर छ भने अर्कातिर पश्चिमा पशुअधिकारवादीको नक्कल गर्दै बेवारिसे कुकुर समेत मार्न नदिने पशुअधिकारवादीको दवावका कारण यो समश्या झनैं बिकराल बन्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा हरेक बर्ष ५९ हजार मानिसको मृत्यु रेबिजले हुने गर्छ भने मृत्यु हुने मध्य ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको छ। यस्तै प्रभावित हुनेमा ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका भएको तथ्याङ्क छ।

टेकु अस्पतालमा आउने बिरामी मध्ये घरमैं पालेको कुकुरले टोकेको र रेबिज नदेखिए पनि सडकमा छाडा हिडेको कुकुरले टोक्यो भन्दै आउने पनि धेरै छन् । यस्तै अस्पतालमा तराइबाट धेरैलाई स्याल, फ्‍याउरोले टोकेको भन्दै आउने धेरै छन् भने उपत्यका लगायतका छेउछाउका जिल्लाबाट आउनेमा कुकुरको टोकाइ धेरै रहेको छ।

 रेबिज लागेको कुकुर तथा अन्य जनावरले टोकेको खण्डमा टोकेको केही समय देखि बर्षौं पछि सम्ममा पनि रेबिजको लक्षण देखिन सक्छ।

शरीरमा रेबिजको लक्षण देखिएको दिन देखि एक हप्ता सम्मा मानिसको मृत्यु हुने सम्भावना रहन्छ।रेबिजको जिवाणु टोकाइ,र्‍यालको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरेपछि दिनहुँ करिब १२ देखि २४ मिलिमिटरका दरले सर्दै शरिरको बिभिन्न अगंमा पुग्छ।

डब्लूएचओले रेबिजको खोपलाई इन्ट्रामस्कुलर (मांसपेशीमा दिने खोप बाट इन्ट्राडर्मल छालामा दिइने खोप) भनिन्छ।  छालामा दिइने खोप लागाएको एक हप्ता पछि रेबिज देखिने सम्भावना एकदम कम हुन्छ।  नेपालमा भने यो खोप निशु्ल्क रुपमा लगाइदै आइएको छ।

रेबिज विरुद्धको खोप लिँदा ध्यान दिनु पर्ने कुरा

 कसैलाई कुकुर तथा अन्य  जनाबरले टोक्यो भने रेबिज बिरुद्धको खोप लिनु पर्ने हुन्छ। यसरी खोप लिदा कुनै पनि बिश्व स्वास्थ्य संगठनका अनुसार रेबिज विरुद्धको खोप लिदा शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई कम गर्ने औषधिहरूको प्रयोग गर्न बन्देज छ। बिरामीहरूलाई अन्य रोग का कारण औषधिहरू खुवाउनै पर्ने भए मानिसमा मासुभित्र दिइने खोपसँगै सिफारिस गरिए अनुसार घाउ र यसको वरिपरि रेबिज इम्युनोग्लोविन दिने गरिन्छ। कुनै पनि कुकुरले टोके पछि टोकेकै दिन, तीन, सात, १४ र २८ दिनमा रेबिजको सुई लाउनुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.