|
एजेन्सी

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको धर्म संस्कारअनुसार अन्त्येष्टि भएको छ। उनको बिहीबार बेलुका भारतीय समयअुनसार पाँच बजेर पाँच मिनेट जाँदा ९३ वर्षको उमेरमा निधन भएको थियो। उनको राजकीय सम्मानका साथ राष्ट्रिय स्मृतिस्थानमा अन्तिम संस्कार गरिएको हो। उनलाई धर्मपुत्री नमिता भट्टचार्याले मुखाग्नी दिइन्।

शुक्रबार साढे १ बजेबाट उनको शवयात्रा गरिएको थियो। यसअघि उनको पार्थिव शरीरलाई घरमा राखिएको थियो जहाँ विभिन्न दलका नेताहरूले अन्तिम श्रद्धाञ्‍जलि दिएका थिए।

उनको अन्तिम यात्रा भारतीय जनता पार्टी (बिजेपी)को मुख्यालयदेखि राष्ट्रिय स्मृतिस्थलसम्म चलेको थियो। उनलाई तीनवटै सेना प्रमुखले सलामी दिएका थिए।

अविवाहित रहेका पत्रकार तथा कविको समेत पहिचान बनाएका वाजपेयीको उपचारका क्रममा बिहीबार बुलुकी पाँच बजे निधन भएको थियो। उनको अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साइन्स (एम्स)मा उपचारका क्रममा बिहीबार निधन भएको अस्पतालले घोषणा गरेको हो। मधुमेहका बिरामी ९३ वर्षीय वाजपेय जुन ११ देखि सो अस्पतालमा उपचाररत थिए। उनको मृगौलामा पनि संक्रमण देखिएको थयो।

उनको अन्तिम यात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिजेपीका अध्यक्ष अमित शाह, मध्यप्रदेशका मुख्य मन्त्री शिवराज सिंह चौहान महाराष्ट्रका मुख्यमन्त्री देवन्द्र फडणवीसलगायतका नेताहरूको उपस्थिति थियो। यसका साथै उनको शवयात्रामा लाखौँको संख्यामा जनसहभागिता रहेको थियो।

भारतीय जन संघको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रूपमा राजनीतिक नेतृत्व गरे। सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भए। सन् १९५७ मा बलरामपुरबाट भने जनसंघका तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल भए।

सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बने भने १९६८ देखि १९७३ सम्म भारतीय जनसंघको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाले।  सन् १९७७ देखि १९७९ सम्म भारतको विदेशमन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भए।

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाएका थिए। त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाए।

वाजपेयीले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकारमार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपे। वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो। त्यसपछि उनले राजनीतिबाट सन्न्यास लिएको घोषणा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.