|

चितवन : पूर्वगृहमन्त्री एवं नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का नेता जनार्दन शर्मा, ‘प्रभाकर’ले श्रममा आधारित कृषि शिक्षाको विकास जरुरी रहेको बताएका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको अखिल (क्रान्तिकारी) इकाई समितिद्वारा चितवनको भरतपुरमा आज आयोजित विद्यार्थीहरुको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि शिक्षालाई श्रम र उद्योगसँग जोडेर अघि बढ्नुपर्ने बताए। देशको विकासका लागि  प्राविधिक र व्यवसायीक शिक्षाको आवश्यकता रहेको नेता शर्माको भनाई थियो।

कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिने नभई आफैँले कृषि शिक्षा र अनुसन्धानलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । यसका लागि आवश्यक जग्गाहरु सरकारले व्यवस्थापन गर्ने बताउँदै उनले हरेक प्रदेशमा कृषि शिक्षा जरुरी रहेको उल्लेख गरे।

राष्ट्र बचाउनका लागि लामो प्रयास र छलफलपछि पार्टी एकीकरण भएको जानकारी दिँदै उनले पार्टी एकीकरणको काम सकिएपछि युवाहरुको भूमिका आउने बताए। उनले अहिले सरकार फोहर फाल्ने अभियानमा लागेको समेत बताए। अब विकास र समृद्धिमा लाग्नुपर्नेमा नेता शर्माको जोड थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.