विद्यालय समायोजन तथा तह मिलानविरुद्ध उच्च अदालतमा मुद्दा

|

धनगढीः घोडाघोडी नगरपालिकाको कार्यालयमा लगाइएको ताला १०औँ दिनमा शुक्रबार खोलिएको छ। नगरपालिकाले एकलौटी रूपमा आधारभूत तथा माध्यमिक शिक्षा कार्यविधि २०७४ बनाएर विद्यालयहरूको मिलान तथा कक्षा/तह घटुवा गरेको विरोधमा गत साउन २३ गते नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको थियो।

विद्यालय समायोजन तथा तह मिलान प्रक्रियाको विरोधमा उच्च अदालत दिपायलले दुवै पक्षलाई हाजिर हुन निर्देशन दिएपछि शुक्रबारबाट ताला खोलिएको नेविसंघ घोडाघोडी नगर संयोजक कलक जंग सिंहले बताए। ‘अदालतमा मुद्दा परेपछि हामीले आन्दोलनका सबै कार्यक्रम स्थागित गरहेका हौँ, अब अदालतले गरेको निर्णय नै हामीलाई मान्य हुन्छ’, संयोजक सिंहले बताए।

विद्यालय समायोजन प्रक्रियाको विरोधमा घोडाघोडी नगरपालिका ९ सरस्वती माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर बुढाले प्रदेश न. ७ सामाजिक विकाश मन्त्रालय, घोडाघोडी नगरपालिकाको कार्यालय, घोडाघोडी नगरपालिका वडा न. ९ को कार्यालय, वडा न ९ स्थित कालिका माध्यामिक विद्यालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई धनगढी र घोडाघोडी नगरपालिका शिक्षा संयोजकलाई विपक्षी बनाई उच्च अदालत दिपायलमा मुद्दा दायर गरिएको छ।

अदालतका न्यायाधीश यज्ञ प्रसाद बस्यालको एकल ईजलाशले नगरपालिकाले गरेको विद्यालयहरूको समायोजन तथा तह मिलान प्रक्रियाको सबुत प्रमाणसहित अदालतमा उपस्थित हुन १५ दिनको आदेश दिएको छ। अदालतले यहि भाद्र १४ गतेका दिन दुवै पक्षलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आदेश दिएको छ।


        सम्बन्धित समाचारहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.