|

काठमाडौं : महिनाको पहिलो दिन केही राम्रा कविता सुनेर सुरू गरौँ भन्ने अभिप्रायले सञ्चालित ‘हामी कवि र कविता’मा यस पटकको ६०औँ शृंखलामा कवि तथा पत्रकार राजु स्याङ्तान र देवान किराती गुन्जिएका छन्। पहिलो चरणमा कविता सुनाउन मञ्चमा देखापरेका किरातीले ‘गाठी कुरा’बाट कविता वाचन सुरू गरे।

लामो समयदेखि कविता नलेखेको र आफू कविताको असल श्रोता मात्र भएको भन्दै उनले  फाटेको जून, विज्ञापन, रोटी, अन्तिम साँझ, मृत्युको गुलाफ' लगायतका आधा दर्जन छोटा कविता सुनाए। कवि किरातीसँग आफू पनि मञ्चमा उपस्थित हुन् पाउँदा आफूलाई खुशी महशूस भएको भन्दै  पत्रकार तथा कवि स्याङ्तानले  दोस्रो चरणमा कविता सुनाउन मञ्चमा उक्लिए। उनले  ‘गुमनाम  ताराहरू’बाट अाफ्ना कविता सुनाउन सुरू गरे। लगत्तै उनले 'नागरिकता', 'एउटा दासको घोषणापत्र', 'दिनचर्या', 'रेमिटेन्क', 'त्यसदिन', 'च्यांग्बाको रहर', 'अस्तित्व', 'आमा तिमी मात', 'पाल्मो', 'बाघले लोरी गाउदैन', 'रामबहादुर मार्ग'  लगायताका आफ्ना नयाँ तथा पुराना कविता सुनाए।

कार्यक्रम श्री लुनकरणदास- गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको विशेस आयोजनामा सर्वनाम थियटरमा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.