|
फाइल तस्बिर

काठमाडौं : मागअनुसार भण्डारन क्षमता नहुँदा नेपाल आयल निगमले एक दिनमात्रै ढुवानी व्यवस्था अवरोध भए पेट्रोलियम पदार्थको अभाव हुने स्पष्ट पारेको छ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भण्डारण क्षमता अभावमा एक दिन मात्रै ढुवानी व्यवस्था अवरोध भए देशभर पेट्रोलियम पदार्थको अभाव हुने प्रष्टयाउनु भएको हो। उनले शुक्रबार पत्रकार सम्मेलन गरी हाल निगमसँग पेट्रोल करिव पाँच दिन, डिजेल आठ दिन र हवाइ इन्धन करिव १० दिन मात्रै धान्ने अवस्था रहेको पनि जानकारी दिए। पेट्रोलियम पदार्थको भण्डारण केन्द्र स्थापनाको कामअघि नबढेपछि निगमले भण्डारण क्षमताको अभावमा एक दिन मात्रै ढुवानी अवरोध भए पेट्रोलियम पदार्थको अभाव देशभर हुने जनाएको हो।

निगमले हालै भारतीय आयल निगमको मूल्यसूची अनुसार १५ दिनमा करिव २५ करोड घाटा हुने देखिएको पनि जानकारी गराएको छ। निगमका प्रवक्ता गोइतले हवाई इन्धनमा भने घाटा नभएको पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.