|

विराटनगर : आफूलाई धोका दिन लागेको भन्दै मोरङको विराटगरका एक युवाले आफ्नै प्रेमिकाको वीभत्स हत्या गरेको छ। विराटनगर- १३ का ३० वर्षीय दिनेश भट्टाराईले आफ्नी प्रेमिका २३ वर्षीय शिखा घिमिरेको शुक्रबार बिहान हत्या गरेका हुन्।

प्रहरीकाअनुसार दुबैजना विराटनगरबाट प्रेमिका शिखाको को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न गएका थिए। घुम्न गएको मौकामा एकान्त पारी ग्रामथान गाउँपालिका-३ सिद्राहा पुर्‍याएर दिनेशले शिखाको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए। भट्टाराईले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्ने प्रयासमा रहेका दिनेशलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।

पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुईजना प्रेमी-प्रेमिका भएको पत्ता लागेको हो। दुवैजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको प्रहरीले जनाएको छ। युवतीले धोका दिएर अष्ट्रेलिया जान लागेपछि उनको हत्या गरेको दिनेशले प्रहरीसामू बयान दिएका छन्।

शिखा एकसातापछि अस्ट्रेलिया जाने तयारीमा रहेको बताइएको छ। शिखाले आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको र सम्झाउँदा पनि नमानेकोले घुम्ने बहानामा लगेर हत्या गरेको दिनेशले स्वीकार गरेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले नहरमा युवतीको वीभत्स शव भेटेपछि हत्या गरेर भाग्दै गरेका दिनेशलाई समातेर प्रहरीलाई खबर गरेका थिए। 

युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार दाउ प्रहार गरेर  हत्या गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवैजना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर पनि बरामद गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.