|

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरी पुगेका तीर्थयात्रीहरू बिरामी भएपछि हेलिकाेप्टरद्वारा उद्धार गरिएको छ।

मादी नगरपालिका-५ का लोकनाथ कोइराला, छत्रकुमारी कोइराला र विमला दाहाल बिहीबार साँझ सभापोखरीको शीरमा पुगेका  थिए। उनीहरू शुक्रबार बिहान सभापोखरीमा पूजाआराधना गर्ने योजना रहे पनि बिहानैदेखि रिगंटा चल्ने,टाउको र शरीर दुख्ने गरी गम्भीर बिरामी परेपछि काठमाडौंबाट हेलिकाेप्टर मगाइएको थियो।

हेलिकाेप्टरद्वारा शुक्रबार बिहान ११ बजे सभापोखरी पुगेर उद्धार गरेर संखुवासभाको धर्मदेवी नगरपालिका मुडेमा अवतरण गरिएको थियो। त्यसपछि हेलिकाेप्टर काठमाडौ नै फर्किएका थियो। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको धर्मदेबी नगरपालिकाका प्रमुख रमेशकुमार जिमिले  बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.