|

विराटनगर : नेस्ले इण्डिया प्रालिको मिलो जुस खाँदा शुक्रबार दिउँसो मोरङ विराटनगर–२ स्थित एक स्कुलका १५ जना विद्यार्थी बिरामी परेका छन्। उनीहरूको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ।

विराटनगर–२ मा रहेको बुढानिलकण्ठ उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू बिरामी परेका हुन्। विद्यार्थी बिरामी परेपछि प्रहरीले जुससहित बिक्रेतालाई कारवाहीका लागी खाद्य तथा गुण नियन्त्रण कार्यालय पठाएको छ।

स्थानीय बिक्रेताले मार्केटिङका क्रममा विद्यार्थीलाई जुस खुवाएको र जुस खाने वित्तिकै विद्यार्थी बिरामी परेका थिए। जुस विक्री गर्ने झापा कन्काई नगरपालिका–२ का वर्ष २६ को प्रदिप घिमिरे र विराटनगर महानगरपालिका–९ बस्ने ४८ वर्षको महेन्द्र कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले प्रयोग गर्ने को १ स ३५६ नम्बरको सिटी सफारीमा रहेको नेस्ले मिलो जुसका कार्टुन पनि प्रहरीले बरामद गरेको छ।

आवश्यक कारबाहीका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर पठाइएको मोरङ प्रहरीले जनाएको छ। बिरामीमध्ये पाँचजना विराटनगर अस्पतालमा उपचार गराइरहेका छन् भने अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.