|

रुकुम : पश्चिम रुकुममा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका-१ का ३८ वर्षीय राजकुमार विकको मृत्यु भएको हो। दुर्घटनामा सोही नगरपालिका -२ का चालक बलजीत बिक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहको जानकारी दिइएको छ। वाँफिकोट गाउँपालिका-३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै रा १ त ३१०६ नम्बरको टयाक्टर दुर्घटनामा परेको हो।

बाँफिकोटबाट चामल लिएर स्पार्पूतर्फ गइरहेको टयाक्टर दुर्घटनास्थलबाट करिब एकहजार मिटर तल खसेको बताइएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.