|

पर्सा : शुक्रबारबाट कार्यान्वयनमा आएका ५ वटा ऐन (संहिता) कार्यान्वयनका क्रममा नियत सफा भए गाह्रो कहिँ हुने न्यायाधीशहरूले बताएका छन्। पटक पटकको छलफलपछि गएको असोज ३० गते नै ०७५ भदौ १ गतेबाट कार्यान्वयनमा आउने भनी पारित भइसकेकोले कार्यान्वयनमा आएको संहिता नियत असल भए कहीँ गाह्रो नहुने उनीहरूले बताएका हुन्। 

प्रसस्त छलफल पछि आएकोले डाक्टर, पत्रकार र प्रहरीले समेत संशोधन हुनुपर्छ भनिराख्नु नपर्ने जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय अब्दुल अजिज र मदन पोख्रेलले दावी गरे। उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त आयोजनामा मुलुकी अपराध संहिता ( ऐन ) २०७४, मुलुकी फौजदारी कार्यविधी संहिता ऐन २०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४, मुलुकी देवानी कार्यविधी संहिता ऐन २०७४ र मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ प्रारम्भ सम्बन्धमा शुक्रबार संहिताको मुख्य बिशेषताहरूबारे वीरगन्जमा अन्तरक्रिया भएको हो। 

नियतको सूचकचाही के हुने भन्ने न्यायाधीशहरूले केही नबोले पनि कतै कमी कमजोरी भए संहितालाई सच्याएर जान सकिने उनीहरूको कथन थियो। कार्यान्वयन हुने कुरामा भने विकल्प नभएको जिल्ला अदालत पर्साका न्यायाधीश नागेन्द्र लाल कर्णले पनि बताए। लामो समयको अन्तराल पछि समयानुकूल संहिता आएकोले सबैले स्वागत गर्नुपर्ने न्यायमूर्तिहरूको तर्क छ। 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले खोजमूलक पत्रकारिताका लागि नयाँ संहिता कठोर रहेको बताए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नायव उपरीक्षक रेवती ढकाल, नेपाल बार एशोशिएसन विनय सिंह र सुधिर कर्ण लगायतका बक्ताहरूले भने कार्यान्वयन तहमा ल्याइएको संहितामा धेरै कुरा राम्रा भए पनि कतिपय कुराहरू भने संशाेधन गर्दै जानुपर्ने बताएका थिए।

उच्चअदालत अस्थायी इजलास वीरगन्जका सह न्यायाधीवक्ता ध्रुवमणि ज्ञवालीले कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा जिल्ला न्यायाधीवक्ता रुद्र सुवेदीले कसैले केही नबुझे आफूलाई सोधे आधा घन्टाभित्र आफूले नबुझेको ठाउँमा जानकारी दिन सक्ने बताए। वक्ता बाहेक सहभागीहरूले भने संसद र न्यायाधीशहरूलाई ऐनले खासै दायरामा नल्याएकोले उनीहरूले अरुलाई हुबहु मान्न बढी कर गरेको तर्क गरे। न्यायाधीशहरूले भने झैं असल नियत नाप्ने मिटर चाहिँ के हुने सहभागीहरूले पछाडि बसेर कुरा गरिरहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.