वडा अध्यक्ष खत्रीद्वारा मोटरसाइकल नलिने घोषणा

|
फाइल तस्बिर

बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिकाले जनप्रतिनिधिहरूले प्रयोग गर्ने प्रयोजनको लागि सवारी साधन खरिद गर्ने निर्णय विवादित बनेको छ।

नगरपालिका बोर्डले उपप्रमुखसहित २४ वटा वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरू गरी ३३ जनाका लागि सवारी साधन खरिद गर्ने निर्णय गरेको थियो। उपप्रमुख सरस्वती चौधरीका लागि झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको स्कार्पियो र वडाध्यक्ष  तथा कार्यपालिका सदस्यहरूका लागि दुई लाख ५४ हजार मूल्य बराबरको मोटरसाइकल खरिद गर्ने निर्णय गरेको थियो।

जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडाध्यक्ष  कैयमुदिन अन्सारीले नगरपालिकाले उपप्रमुख वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूका लागि स्र्करपीयो र मोटरसाइकल गरिद गर्ने निर्णय भइसकेको भए पनि कुन  कम्पनीको सवारी साधन  खरिद गर्ने भन्ने टुंगो नलागेको बताए।

मोटरसाइकल खरिदका लागि आवश्यक टेन्डर प्रक्रिया छिटै शुरु गरिने जानकारी आफूले पाएको वडाध्यक्ष अन्सारीले जानकारी दिए। उपमहानगरपालिकाले उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूका लागि ठूलो रकम खर्चेर सवारी साधन खरिद गर्ने लागेको भन्दै केही कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले समेत असन्तुष्टी जनाएका छन्।

वडा नं १५ का वडा सदस्य राजन भट्टराईले नगरपालिकाले गरेको गाडी खरिद गर्ने निर्णय कार्यन्वयनमा आए आफूहरू विरोधमा उत्रने चेतावनी दिएका छन्। प्रतिनिधिहरू जनताको सेवामा भन्दा आफ्नो सुविधामा बढी केन्द्रित हुनु राम्रो नभएको वडा सदस्य भट्टराईको भनाई छ।

सवारी साधन खरिद गर्ने निर्णयको सत्ताधारी नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताबाट र सर्वसाधारणबाट पनि विरोध भएको छ।

उपप्रमुखसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूका लागि सवारी साधन खरिद गरेमा करोडौँ रकम खर्च हुनेहुँदा नगरको विकास प्रभावित हुने भन्दै विरोध भएको हो। नगर क्षेत्रभित्र ग्रामीण भेगका बाटोघाटो वर्षाले हिलाम्बे भएर आवातजावत गर्न समस्या भइरहेको बेला जनप्रतिनिधिहरू भने जनताको समस्या समाधान गर्नतर्फ भन्दा सुविधा भोगमा लिप्त भएको उनीहरूको आरोप छ।

‘ग्रामीण भेगका सडक, विद्यालय, स्वास्थ्य चौकीको अवस्था नाजुक छ’, साना किसान कृषि सहकारी संस्था ईनर्वासिराका मुख्य प्रबन्धक झपेन्द्र बरालले भने, जननिर्वाचित प्रतिनिधिहरू भने जनताले तिरेको करबाट आफ्नो सुविधा बढाउन लागेका छन्।’

प्रबन्धक बरालले नगरपालिकाले गरेको सो निर्णय कार्यन्वयनमा आए आफूहरू विरोधमा उत्रने चेतावनी दिए। गाडी खरिद विषयमा टेलिफोन सम्पर्कबाट थप बुझन खोज्दा नगरप्रमुख डा कृष्ण पौडेलसँग सम्पर्क हुन सकेन्।

वडा अध्यक्ष खत्रीले गरे नचढ्ने घोषणा

वडा नम्बर ४ का अध्यक्ष भोजरा खत्री र्इश्वरले जनप्रतिनिधिहरूलाई गाडी सुविधा दिने निर्णयमा आफ्नो असहमति रहेको र नगरपालिकाले दिने मोटरसाइकल नलिने पनि बताए।

‘जनताको भावनाविपरीत सुविधा लिनु ठीक होइन’, वडा अध्यक्ष खत्रीले भने–‘यस्तो कार्यले जनप्रतिनिधिहरूको बदनाम गर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.