|

काठमाडौं : सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुत पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग मलियो बनाएको छ। त्यसका लागि जनशक्ति पनि तयार पारेका खबर राजधानी दैनिकमा छ।

सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबारलगायत सामाजिक सञ्जालमा एकाउण्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्नेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल सञ्चालनका लागि ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ जारी गरेको छ।

कार्यविधिले सरकारी निकायले फेसबुक, ट्विटरमा खाता खोलेर प्रयोगमा ल्याउनुपर्ने तथा सामाजिक सञ्जाल सञ्चालन थर्न आवश्यक जनशक्ति खटाउन सकिने व्यवस्था गरेको छ।

कार्यविधिअनुसार सरकारी निकायले जनतासँग संवाद बढाउन तथा सरकारका सूचनाहरू  तीव्रगतिमा आदानप्रदान गर्ने र जनगुनासा शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जाल एकाउण्ट खोल्ने उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.