|

उदयपुर : निर्माणाधीन बैकल्पिक लोकमार्ग हिलाम्य भएकाले यात्रुहरुले सास्ती खेप्नु परेको छ। लोकमार्गको गाईघाट–बेल्टार र गाईघाट–नेपालटार खण्डमा हिलोको कारण सस्ती खेप्नु परेको हो। यस सडकखण्डमा दैनिक करिब सात दर्जनभन्दा बढी सवारी साधान चल्दै आएका छन्।

राष्ट्रिय गौरवको योजना भनिएको धरानबाट चतरा, गाईघाट, कटारी हुँदै सिन्धुली, हेटौँडा जोड्ने सडकको उदयपुरखण्डमा हिलोका कारण यात्रुले हुन्। गाईघाट, बेल्टार र गाईघाट नेपालटार खण्डमा पुरानै सडकलाई स्तरोन्नति गरेर निर्माण गरिएको छ। साना तथा ठूला सवारी साधान सडक स्तरोन्नतिका कारण भएको हिलोमा फस्ने गरेका छन्। ‘सडक रोपाइँ गर्ने खेतजस्तै हिलो छ,’ मुकुर्चीका यातयात व्यवसायी होम बस्नेतले भने, ‘बस, ट्रक हिलोमा फसेपछि जेसिबीले तान्नु पर्ने अवस्था छ।’

दैनिक रुपमा करिब सात दर्जनभन्दा बढी सवारी साधन चल्ने यस सडकखण्डमा हिलोका कारण समस्यामा परेको यातयात व्यवसायीको भनाइ छ। ‘नेपालटार–गाईघाट लगभग ६० किलोमिटर सडक पर्दछ, यही सडकमा सवारी साधान हिलोमा अड्किने गरेका छन्।’ यातयात व्यवसायी राजकुमार बिकले भने, ‘दुई घण्टामा पुगिने ठाउँमा चार घण्टासम्म लाग्छ।’

यता बेल्टार–गाईघाट सडकखण्डमा समेत हिलोकै कारण समस्यामा परेको यातयात व्यवसायी अर्जुन धमलाले बताए। ‘निर्माणाधीन सडकमा माटो नफ्याकी दिँदा समस्या भएको छ,’ उले भने, ‘३५ किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको छ।’

उदयपुरको बसाहादेखि सुन्धुलीको भिमानसम्म १३४ किलोमिटरमा पर्दछ। जसमध्ये उदयपुरमा पर्ने ९० किलोमिटर सडक अहिले हिलाम्य भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.