|

अमेरिकाको उत्तरपूर्वी क्षेत्रको म्यासेचुसेट्सका एक व्यक्तिलाई ५२ अभियोगमा दोषी ठहर गरिएको छ। तीन महिलामाथि बलात्कार गर वीभत्स हत्या गरेको आरोपमा स्टेवार्ट वेल्डोनलाई ५२ अभियोगमा दोषी ठहर गरिएको हो। गत मेमा वेल्डोनको घरबाट प्रहरीले वीभत्स तरिकाले हत्या गरिएका तीन महिलाको शव बरामद गरेको थियो।

‘वेल्डोनविरुद्ध लागेका आरोपका विषयमा हामीले अनुसन्धान सुरू गरिसकेका छौँ,’ वेल्डोनका वकील ब्रेन मर्फीले जारी गरेको वक्तव्यमा भनिएको छ ‘उसको मनसाय केहो बुझेर हामीले सक्दो बचाउ गर्ने छौँ।’

वेल्डोनमाथि हत्या गर्ने मनसायले कुटपिट र आक्रमण गरेको अभियोग लगाइएको हाम्प्डेन काउन्टी ग्रान्ड जुरीले बताएको छ। उनको घरबाट स्प्रिङफिल्ड निवासी ४७ वर्षीया इर्नस्टिन रायन, सोही ठाउँकै ३४ वर्षीया अमेरिका ल्याडेन र रल्डलो निवासी २७ वर्षीया केला एस्कालान्टको शव भेटिएको हो। तीन जनाका आफन्तले हराएको उजुरी स्थानीय प्रहरीलाई दिएका थिए।

अन्य सातजना पीडिर र पीडितका आफन्तहरूले वेल्डोनमाथि बलात्कार, घाँटी निमोठेर हत्या, आक्रमण, आपहरणलगायतका उजुरी दिएका छन्। उनीमाथिको उजुरी पढ्ने पनि बताइएको छ। यसबारेमा प्रहरीले अनुसन्धान र प्रमण जुटाउने कार्य गरिरहेको अमेरिकी सञ्चार माध्यम सिएनएनले जनाएको छ।

पीडित र मृतकका आफन्तलाई उचित न्याय दिनका लागि निष्पक्ष छनबिन गरी दोषीलाई अभियोगअनुसारको सजाय दिलाउने सरकारी वकील एन्थोनी गुलानीले एक वक्तव्य जारी गर्दै बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.