|

सल्यान : मर्मखोलामा आएको बाढीले सयौं रोपनीमा लगाइएको धान नष्ट गरेको छ। अविरल वर्षाका कारण कुमाख गाउँपालिकाको त्रिवेणीदेखि स्यानिपिपलसम्मको सयौं रोपनी खेतीयोग्य जमिन कटान गर्नुका साथै धानबाली नष्ट गरेको छ।

स्थानीय वृद्धवृद्धाका अनुसार यस पटक १० वर्षयताकै ठूलो बाढी आएको हो। जिल्लाको अन्नको भण्डार भनेर चिनिने मर्ममा बाढीले कालगाउँ र जिमालीमा लगाइएको धान नष्ट भएको स्थानीय सन्जिव लामिछानेले बताए। यस क्षेत्रका किसानहरु धान मुख्य खेतीको रुपमा रहेको छ।

यस्तै, बाढीले थारमारे चौरजहारी सडक–खण्डको करिब चार किलोमिटर सडक बगाएको छ। सडक बगाएपछि आवतजावत बन्द भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.