|

बैतडी : पहिरोका कारण तीन दिनपछि बुधबारबाट सञ्चालनमा आएको महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ। लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा पहिरो तथा खोलाले सडक नै कटान गरेपछि शनिबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो।

मालिकार्जुन गाउँपालिका ३ तेर्छेलेक,महाकाली नगरपालिकाको दत्तुबजार नजिक, चुनेलगायतका ठाउँमा पहिरो खस्दा र र महाकाली नगरपालिकाको काकडा खोलाले सडक कटान गर्दा राजमार्ग अवरुद्ध प्रहरी जनाएको छ।  अन्य ठाउँको पहिरो पन्छाइएको भए पनि महाकाली नगरपालिका ७ काकडा खोलाले सडक कटान गर्दा राजमार्ग ठप्प रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए। 'खोलामा पानीको सतह बढी हुँदा समस्या भएको छ' उनले भने 'जेसिबीको सहयोगले सडक पुनः सञ्चालनको प्रयास भईरहेको छ।'

राजमार्ग अवरुद्ध हुँदा जिल्ला भित्रिने तथा बाहिरिने  छोटो तथा लामो दूरीका सवारी साधन पूर्णरूपमा बन्द भएका छन्। सवारी साधन ठप्प हुँदा यात्रुहरूलाई समस्या भएको छ। दार्चुलावाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन्।

यसअघि मालिकार्जुन गाउँपालिका ३ तेर्छेलेकमा पहिरो खस्दा सोमबारदेखि अवरुद्ध रहेको उक्त राजमार्ग बुधबारवाट सञ्चालनमा आएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.