|

जनकपुरधाम : प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार गरेको विशेष सम्बोधन राष्ट्रिय जनता पार्टी नेपालका केही सांसदहरुले बहिष्कार गरेका छन्। प्रदेश २ को संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लागेको बेलामा राजपा नेपालका तीन सांसदले मधेश आन्दोलनको क्रममा मधेशी जनताको विरोधका बीच प्रधानमन्त्री ओलीले सम्बोधन गरेको भन्दै बहिष्कार गरेका हुन्।

राजपा नेपालका प्रदेश सांसद उपेन्द्र महतो, विक्की यादव र गौरी नारायण साहले प्रधानमन्त्री ओलीको विशेष सम्बोधनलाई बहिष्कार गर्दै बाहिर निस्केका थिए। तर, उनीहरुको बहिष्कारले प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रममा कुनै अवरोध भने भएन।

यता, प्रदेश २ को फोरम नेतृत्वको सरकारमा सहभागी भएको राजपा नेपालका मन्त्रीहरुले भने, प्रधानमन्त्री ओलीको स्वागत गर्न जनकपुरधाम एअरपोर्ट पुगेका थिए भने, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले फेसबुकमार्फत प्रम ओलीको सम्बोधन बहिष्कार गर्ने स्ट्याटस राखेका थिए। यता, राजपाका प्रमुख सचेतक परमेश्वर साहले ओली सरकारले मधेश आन्दोलनको क्रममा मधेशीलाई होच्याउने तथा मधेश आन्दोलनको क्रममा लगाइएको झुठा मुद्दा फिर्ता गर्ने आश्वासन दिए पनि त्यो आश्वासनमै सिमिति भएकोले उनको भाषण सुन्नु अनुचित लागेको प्रदेशसभा नगएको बताए।
उनले सधैँ मधेशको पक्षमा लड्ने तर ओलीको सधैँ मधेशका जनतालाई होच्याउने प्रवृतिका अभिव्यक्तिकै कारण आफूलाई उनको सम्बोधन बहिष्कार गर्नुपरेको बताए।

प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम २१४ को उपनियम (२) बमोजिम प्रदेसभालाई सम्बोधन गर्ने क्रममा राजपाका ९ सांसद प्रदेशसभामा पुगेका थिए जसमध्ये तीन जनाले बहिष्कार गरी बाहिर निस्केका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.