|

काठमाडौं : नेपालमा पहिलोपटक सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुने भएको छ। सो महोत्सव काठमाडौंमा आगामी मंसिर ७ देखि १० गतेसम्म चार दिन  चल्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

नेपाल लगायत विभिन्न देशहरूको संस्कृति आदनप्रदान गर्ने उद्देश्यले नेपाल संस्कृति तथा चलचित्र केन्द्रले उक्त महोत्सव आयोजना गर्न लागेको महोत्सव आयोजक समितिका अध्यक्ष सन्तोष सुवेदीले बताए। उनले महोत्सवमा भाग लिने व्यक्तिका लागि जुलाई ७ देखि आवेदन खुला गरिएको र आवेदन दिने मिति सेप्टेम्बर ७ सम्म रहने जानकारी दिए।

फुल लेन्थ फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, चिल्ड्रेन फिल्म, महिलासम्बन्धी बनेका फिल्मलाई आयोजकले महोत्सवमा सहभागी गराउने महोत्सव आयोजना समितिका निर्देशक सुवर्ण थापाले बताए। उनका अनुसार चलचित्रकर्मीहरूले निःशुल्क रूपमा सहभागी गराइने र आवेदन www.ncfc.org.np/1stnciff बाट डाउनलोड गर्न सकिनेछ। पब्लिक च्वाइस अवार्ड, जुरी अवार्ड इन्करजमेन्ड अवार्डसहित आठ विधामा अवार्ड प्रदान गरिने जानकारी दिइएकोछ ।

फुल लेन्थ फिचर फिल्मका विजेतालाई ट्रफिसहित एक हजार अमेरिकी डलर, डकुमेन्ट्री फिल्मलाई ५०० अमेरिकी डलर, चिल्ड्रेन फिल्म, सर्ट फिल्म र महिलासम्बन्धी बनेका फिल्मलाई ट्रफिसहित २५०/२५० अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार उक्त महोत्सवमा विभिन्न देशका चलचित्रकर्मी, चलचित्र विज्ञहरूको समेत सहभागिता हुनेछ। साथै चलचित्र निर्माणका विषयमा अनुभव आदनप्रदान गर्नका लागि साक्षत्कार कार्यक्रम रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.